योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ

    • मनिषा थापा

  • २७ कार्तिक २०७९, आईतवार

उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल कारक बन्ने गरेको छ । के त्यसो भए जीवनशैली सुधार गरेर रक्तचाप सन्तुलित राख्न सकिएला ?

चिकित्सकले यसको जवाफ ‘सकिन्छ’ भनी दिने गरेका छन् । अतः स्वस्थ्यकर जीवनयापनले उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । यसमा अभिन्न रुपमा जोडिन्छ, योग, प्राणायम र ध्यान पनि । यसै विषयमा योगा प्रशिक्षक तथा आहारविद् डा. राजु अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

उच्च रक्तचाप नियन्त्रणका लागि योग, ध्यान, व्यायामको कुनै भूमिका हुन्छ ?

खासगरी मुटुरोग, उच्च रक्तचाप र मोटोपन घटाउन प्रभावकारी भएकै कारण योग र ध्यान विश्वभर नै प्रचलनमा छन् ।उच्च रक्तचापको बाधारहित वा साइड इफेक्ट विनाको उपचारमा योग, ध्यान र प्राणायाम एक सर्वोत्कृष्ट विधि हो । योगमा पनि ध्यान र प्राणायामले उच्च रक्तचाप भएका बिरामीका लागि निकै फाइदा गर्छ ।

ध्यानबाट शरीरका आन्तरिक अंग मुटु र नसनाडीलाई आराम दिने गर्छ । रगतको प्रभावलाई सुचारु गराउँछ । यो रोग मनोदशासँग जोडिएको कारण मनलाई शान्त बनाउँछ । मनलाई शान्त र एकाग्रता बढाउँछ ।

उच्च रक्तचाप नियन्त्रणका लागि अनुलोमविलोम र भ्रामरी प्राणायाम एकदमै प्रभावकारी हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि प्राणायाम सर्वोत्तम हो । त्यसमा पनि अनुलोमविलोम । अनुलोमविलोम शान्त स्थितिमा गर्नुपर्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि कस्तो प्राणायाम प्रभावकारी हुन्छ ?

उच्च रक्तचाप नियन्त्रणका लागि अनुलोमविलोम र भ्रामरी प्राणायाम एकदमै प्रभावकारी हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि प्राणायाम सर्वोत्तम हो । त्यसमा पनि अनुलोमविलोम । अनुलोमविलोम शान्त स्थितिमा गर्नुपर्छ ।

यो श्वासप्रश्वासको क्रोनिक  र धेरै कडा रोग भएकाले भने सास तान्दै रोक्दै फाल्दै विस्तारै गर्नुपर्छ । यो एकपटकको बसाइमा १५ मिनेट गर्ने पर्छ । यसैगरी भ्रामरी पनि उच्च रक्तचाप नियन्त्रणको राम्रो काइदा हो । यो एक पटकको बसाइमा पाँच मिनेट गर्नुपर्छ ।

त्यसबाहेक शीतली प्राणायाम गर्न सकिन्छ । जुन जाडो महिनामा मात्र गर्न उपयुक्त हुन्छ ।  यो प्राणायाम हावा लिने र हावा पिउने भएर एसिड अम्लहरु शान्त हुन्छ । यो जाडोमा चिसो बनाउने हुँदा मन शान्त र ह्वात्तै रक्तचाप घटाउने गर्छ ।

के ध्यान विधिबाट पनि उच्च रक्तचाप भएका लाभान्वित हुन्छन् ?

ध्यानको मनलाई शान्त बनाउने र राम्रो विचारमा नुहाउने कला नै ध्यान हो । ध्यान कल्पनाको सुरुवातबाट हुन्छ । त्यसैमा हराउने, मुग्ध हुने गरिन्छ । ध्यानको सबैभन्दा सहज विधि भनेको आफ्नो सासलाई उल्टो संख्यामा लिंदै गर्नु सकिन्छ ।

सकेसम्म बिहानको समयमा आसनमा बसेर कुनै पनि ध्यान प्राणायाम योगा गरेको राम्रो मानिन्छ । तर आफूलाई समय निकालेर सहज हुने गरी बिहान, दिउँसो र साँझ पनि गर्न सकिन्छ । यो समयमा खानेकुरा खान हुँदैन ।

कस्तो योग वा व्यायामले रक्तचाप नियन्त्रण गर्छ ?

मन्दमन्द गतिमा सूर्य नमस्कार गर्न सकिन्छ । भुइँमा पल्टिएर गर्ने योगासानमा नौकासन, गौमुख आसन, पुतली आसन, बालासन, पद्मासन, शवासन, शशांकासन र भुजांगासन सबैभन्दा बढी प्रभावकारी मानिन्छ ।

यी योगासनले रक्तसञ्चार बढाउने, तनाव कम गराउने, दिमागलाई शान्त बनाउने, स्यायु प्रणालीमा सक्रिय बनाउने हुँदा यी धेरै प्रभावकारी मानिएको हो ।

यस्तो योग वा व्यायाम कुन समयमा र कति अवधि गर्नु जरुरी हुन्छ ?

यी योगासनलाई जसरी कम्युटरमा सफ्टवेयर, हार्डवेयर र विद्युत शक्ति निहित हुन्छ, त्यसरी नै हाम्रो जीवनमा पनि यी तीनवटा अभिन्न अंग छन् ।  सफ्टवेयर भनेको मन हो त्यसका लागि ध्यान, हार्डवेयर भनेको शरीरको त्यसको लागि आसन र विद्युत भनेको श्वास हो, त्यसको लागि प्राणायाम चाहिन्छ ।

यी सबै क्रिया २०–२० मिनेट मिलाएर गर्न सके शरीरका धेरै रोगमा फाइदा पुर्‍याउँछ । उच्च रक्तचापका समस्या भएकाहरुका लागि यो भन्दा ठूलो प्राकृतिक ओखती अरु छैन ।

समयानुसार योग ध्यान आसन र प्राणायाम सबै मिलाएर एक घण्टा जति गर्नु राम्रो हुन्छ । सकेसम्म ध्यानलाई छुटाउनु हुँदैन । कपालभाँती पाँच मिनेट, १५ मिनेट अनुलोमविलोम र सात मिनेट भ्रामरी नछुटाई गर्नु जरुरी छ ।

यसको कुनै साइड इफेक्ट हुने डर हुन्छ ?

उच्च रक्तचापका बिरामीमा साइड इफेक्ट गर्न सकिन्छ । सकेसम्म विज्ञको परामर्श लिएर गर्नु राम्रो हुन्छ । बढी थकाउने र गलाउने गरी यो अभ्यास गर्नु हुँदैन ।

यस्तो योग, व्यायाम रक्तचापको औषधि खाइरहेकाले पनि गर्न सक्छन् ?

यस्तो योग, व्यायाम रक्तचापको सामान्य औषधि खाइरहेकाले पनि गर्न सक्छन् । तर रक्तचाप बढिरहेको छ भने सकेसम्म योगासन गर्नु हुँदैन । उनीहरुले ध्यान र प्राणायाम गर्न सक्छन् ।

यस किसिमको योग र व्यायामले पूर्ण रुपमा रक्तचाप नियन्त्रण गर्छ ?

अहिलेसम्म भएका अनुसन्धानहरुमा यदि योग, ध्यान र व्यायाम नियमित र सही ढंगले गर्न सकियो भने पूर्ण रुपमा रक्तचाप नियन्त्रण गर्न सकिने दाबी गरिएको छ । तर त्यसमा रक्तचाप मात्रै छ भने यो सम्भव छ ।

रक्तचापसँगै अन्य रोग पनि जोडिएको छ भने सबै रोगको अवस्था हेरेर एउटा प्याकेज बनाउनुपर्छ । यसरी बनाइयो भने चाहिं अवश्य पूर्ण रुपमा उच्च रक्तचाप नियन्त्रण हुन्छ । कतिपय अवस्थामा दुई वर्षसम्म लगातार अभ्यास गर्दा कतिपय जटिल रोगबाट छुटकारा मिलेको उदाहरण पनि छ ।

योग, ध्यान र प्राणायाम सही रुपमा गर्दा उच्च रक्तचापको औषधि छुटाउने अवस्थामा पनि ल्याइपुर्‍याउँछ ?

यदि सधैं एकै समयमा नियमित योगासन, प्राणायाम र ध्यान गर्न सकेमा औषधि छुटाउने अवस्था पनि ल्याउनसक्छ । त्यसैले यसको लागि आस्था, श्रद्धा, एकाग्रता र सही ढंगले नियमित अभ्यास गर्ने हो भने औषधि छुटाउन सम्भव छ ।

उच्च रक्तचाप भएकाले मूलतः के कस्ता योग गर्नै हुँदैन ?

ध्यान र प्राणायाम जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ । विपरीत करणी आसनहरु जस्तै  शीर्षासन, हलासान सकेसम्म गर्नु हुँदैन । त्यस्तै धेरै एमजीका औषधि खाने बिरामी र कहिलेकाहीं एक्कासि रक्तचाप बढिरहेको अवस्था छ, मुटुको समस्या बढिरहेको छ भने पनि यी आसन गर्दा थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले योगाभ्यास गर्नुअघि चिकित्सकको सुझाव लिन सकिन्छ ।

  • २७ कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech