नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेले परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको छ ।
नेपाल परिवार नियोजन संघ नेपालगन्जको प्राविधिक सहयोगमा निःशुल्क स्थायी बध्याकरण घुम्ती शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सन्तानको रहर पुगेका दम्पतिले स्थायी बध्याकरण (भ्यासक्टोमी तथा मिनिल्याप) सेवा लिन पाउने छन् ।
मंसिर १६ गतेदेखि पुष १ गतेसम्म जिल्लाका विभिन्न ९ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।
कहाँ–कहाँ हुँदै छ शिविर ?