दसैंमा सावधानी अपनाउँदै खानपानको स्वाद लिऔं

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७९, शनिबार

नेपालगन्जः चाडबाडको रमझममा नरमाउने कोही हुन्न । त्यसमाथि दसैंजस्तो पर्वमा खानपानमा जिब्रो नमिठययाउने कमै भेटिन्छन् । तर जिब्रोलाई नियन्त्रण गर्न नसके जीवन(मरणको दोसाँधमा पर्नेहरूको संख्यासमेत कम छैन ।

मुटु रोग, मधुमेह, युरिक एसिड, कलेजो रोगजस्ता विभिन्न शारीरिक समस्याले पीडित व्यक्तिहरूले चाडबाडमा खानपान र रहनसहनमा अत्यधिक ख्याल पुर्‍याउनुपर्छ । खानपान र सुताइ(उठाइमा अनियमितताले गर्दा त्यस्ता व्यक्तिहरू झन् ठूलो समस्यामा पर्ने गरेका छन् ।

मद्यपान, रातो मासुको अत्यधिक सेवन, शारीरिक निष्त्रिmयतासगै निरन्तर एकै ठाउँमा बसेर तास खेल्नेजस्ता प्रक्रियाले गर्दा पेटसम्बन्धी बिकार उत्पन्न हुने गर्छ । दसैंतिहारताका मुटुको चाल बिग्रिने समस्यासँगै उच्च रक्तचाप, मस्तिष्काघात, हृदयाघात लगायतका समस्या समेत प्रशस्त पाउने गरिएको भेरी अस्पताल मुटु रोग विभागका फिजिसियन डा विपिन आचार्यको भनाइ छ ।

छुट्टीको समयमा शारीरिक निष्त्रिmयता हुन्छ । योसंगै चिल्लोचाप्लो र पिरोअमिलोसहित जथाभावी खानपिन, मद्यपान र धूमपानको अधिकताले गर्दा मुटुको चाल अनियमित हुने गर्छ । यसो हुनुको प्रमुख कारण मद्यपानसमेत हो । दीर्घरोग भएका मात्र नभई स्वस्थ व्यक्तिहरूले पनि दसैंतिहारजस्ता पर्वहरूमा खानपानमा सचेतता अपनाए मात्र चाडबाडको खास आनन्द उठाउन सक्छन् ।

दसैंमा मधुमेह, उच्च रक्तचाप, मुटुको शल्यक्रिया भएकाहरू, धूमपान गर्ने वा वंशानुगत मुटु रोग भएकाहरूले खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता चिकित्सकहरूले औंल्याउँछन् । विभिन्न रोग भएकाहरूले दुई सातासम्म बेपरवाह खानपिन जारी राखे अचानक अनियन्त्रित उच्च रक्तचाप, मृगौलाको समस्या, मुटु, मस्तिष्क वा आँखामा गम्भीर समस्याको सम्भावना रहन्छ ।

यस्तै, दसैंतिहारको रमझममा माछामासु बढी खाने गरिन्छ । बोसोको अत्यधिक सेवनले पित्त थैलीको संक्रमण हुने गर्छ । खलेस्टाइटिस भनिने यो संक्रमण पित्त थैलीमा पत्थरी भएकाहरूलाई हुने गरिएको उहाँको भनाइ छ । आजकल धेरै व्यक्तिको पित्त थैलीमा पत्थरी हुन्छ । चिल्लो खाना खाँदा पित्त बढी मात्रामा निस्कनुपर्छ । पित्तले चिल्लोलाई पचाउँछ । पित्त निस्किन भने पित्तथैलीले हल्लिनु र खुम्चिनुपर्छ । चिल्लो बढी सेवन गर्दा पित्तथैली बढी चल्छ । यो हुँदा पत्थरी पनि यताउता जान्छ । यसरी हल्लिनाले पित्तथैलीमा भएको ढुंगाले पित्त निस्किने बाटोमा अवरोध उत्पन्न गर्छ, पित्त बाहिर निस्किन पाउँदैन अनि संक्रमण हुन्छ ।

कसरी राख्ने माछामासु ?
दसैंतिहारमा माछामासु जस्ता खाद्य पदार्थको उपयोग बढी हुन्छ । अरू दिनजस्तै यो समयमा समेत खाना पकाउँदा विशेष ध्यान दिनुपर्छ । हात साबुनपानीले धोएर मात्र खाना छुनु र बनाउनुपर्छ । पकाएको तथा नपकाएको खाद्य पदार्थलाई छुट्टाछुट्टै राख्नुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, नपकाएका खानेकुरा ९जस्तैः माछामासु आदि० मा हानिकारक सूक्ष्म जीवहरू हुन सक्छन् ।

यी जीवहरू खाना तयार गर्दा अरू खानेकुरामा सर्न सक्छन् । त्यसैले नपकाइएका माछामासुजस्ता खाद्यपदार्थ छुट्टै राख्नुपर्छ र नपकाइएका खानेकुराका निम्ति प्रयोग गरिने चक्कु, चपिङ बोर्ड जस्ता घरायसी सामग्री पनि छुट्टाछुट्टै प्रयोग गर्नुपर्छ ।

माछामासु, अन्डाजस्ता खाद्यपदार्थलाई राम्ररी पकाउनुपर्छ । डब्लूएचओका अनुसार, ७० डिग्री सेन्टिग्रेडभन्दा बढीको तापक्रममा खाना तताएर खाँदा त्यसबाट कुनै हानि हुन्न । पोलेर, भुटेर तथा कम पकाएर खाने गर्नुहुन्न । चाँडै नपाक्ने खानामा भने विशेष ध्यान दिनुपर्छ ।

दसैंतिहारताका एकैपटक बढी मात्रामा खाद्य पदार्थ बनाएर यसलाई विस्तारै उपयोग गर्ने चलन छ । सामान्य तापक्रममा भने खानालाई दुई घन्टाभन्दा बढी राख्नु हुँदैन । डब्लूएचओका अनुसार, पकाएको तथा चाँडै बिग्रिने खानालाई ५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा रेप्रिmजरेटरमा राख्नुपर्छ । यस्तै ६० डिग्री सेन्टिग्रेडभन्दा तातो खाना खाने गर्नुपर्छ ।

रेप्रिmजरेटरमा समेत खानालाई लामो समयसम्म राख्नु हुँदैन । चिसोमा राखेको खानालाई तत्कालै तताउनुपर्छ । प्रिmजबाट झिकेर सामान्य तापक्रममा राख्नु हुन्न । डब्लूएचओका अनुसार, खानालाई सामान्य तापक्रममा राखेमा सूक्ष्म जीवहरू धेरै चाँडो बढ्छन् ।

तर ५ डिग्री सेन्टिग्रेडभन्दा तल र ६० डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा खानालाई राखेमा ती सूक्ष्म जीवहरूको वृद्धि रोकिन्छ वा ती मर्छन् । तर केही हानिकारक जीवहरू भने ५ डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा समेत बाँच्न र बढ्न सक्छन् ।

  • १५ आश्विन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech