नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको शुभकामना आदानप्रदान कार्यक्रम

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७९, शुक्रबार

नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संघका अध्यक्ष टेकबहादुर केसीको सभापतित्व तथा नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य अमृता आचार्यको प्रमुख आथित्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनीहरुले अझैपनि राज्यले स्वास्थ्यकर्मीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको गुनासो पनि सुनाएका थिए ।

चाडपर्वका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमले एक आपसमा भेटघाट हुने र एकताको सन्देश समेत दिने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मि संघका पूर्व केन्द्रीय सह अध्यक्ष ओमप्रसाद उपाध्याय, ट्रेड युनियन काँग्रेसका प्रदेश सहसचिव सरोज कुमार शाह , महाधिवेशन प्रतिनिधि यमबहादुर खडका, निजामति कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिकाका प्रारम्भिक कमिटि अध्यक्ष जागेश्वर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन भने संघका सहसचिव तेज वलीले गर्नुभएको बताइएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech