न्यूनतम सेवा मापदण्डमा बर्दियाका तीन स्वास्थ्य संस्था भए दोस्रो

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७९, शुक्रबार

नेपालगन्जः न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा बर्दियाका तीन वटा स्वास्थ्य संस्था द्धितिय भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ प्रदेशस्तरीय वार्षिक समिक्षामा स्वास्थ्य कार्यालय बर्दिया, जिल्ला अस्पताल बर्दिया र आयुर्वेद औषधालय द्धितिय हुन सफल भएका हुन् ।

अघिल्लो कार्य सम्पादन मूल्यांकनमा आयुर्वेद औषधालय आठौं स्थानमा रहेको थियो । जिल्ला अस्पताल भने एक स्थान तल झरेको छ । अघिल्लो दुई आर्थिक वर्षमा जिल्ला अस्पताल कार्य सम्पादन मूल्यांकनमा पहिलो हुँदै आएको थियो ।

प्रदेशका १३ वटा अस्पतालहरु मध्ये कपिलवस्तु अस्पताल ८६.१४ अंक लिएर पहिलो, बर्दिया अस्पताल ८५.१९ प्रतिशत अंक लिएर दोस्रो र गुल्मी अस्पताल ८०.९ प्रतिशत अंक लिएर तेस्रो भएका छन् ।

यस्तै रुपन्देही स्वास्थ्य कार्यालय ८०.७ प्रतिशत अंक लिएर पहिलो, ७९.७ प्रतिशत अंक लिएर स्वास्थ्य कार्यालय बर्दिया दोस्रो र ७८.७ प्रतिशत अंक लिएर स्वास्थ्य कार्यालय प्युठान तेस्रो भएका छन् ।

यस्तै आयुर्वेद अस्पतालतर्फ भने कपिलबस्तु आयुर्वेद अस्पताल पहिलो हुन सफल भएको छ । बर्दिया आयुर्वेद औषधालय केन्द्र दोस्रो र राप्ती आयुर्वेद औषधालय केन्द्र दाङ तेस्रो भएका छन् ।

अस्पताल तथा स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवा, अस्पतालका विभिन्न विषयबारेको रिपोर्टिङ, अस्पतालको सुशासन लगायतलाई मूल्यांकनका आधार बनाएर अंक दिने गरिएको जिल्ला अस्पताल बर्दियाका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा सुभाष पाण्डेले जानकारी दिनुभयो ।

 

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech