स्थानीय तहबाट सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रको नयाँ संगठन संरचना स्वीकृत

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७९, सोमबार

नेपालगन्ज:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहबाट सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रको नयाँ संगठन संरचना स्वीकृत गरेको छ।

संगठन संरचना स्वीकृत गरेसँगै मन्त्रालयले कार्यान्वयनका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेको छ।यसको कार्यान्वयनका लागि आवश्यक पर्ने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहबाटै गर्नुपर्ने छ।

मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याको आधारमा तीन तहमा बर्गिकरण  गरेको छ।

५ हजार बढी जनसंख्या भएको वडामालाई क बर्गमा राख्दै १० जना, २ हजार देखि ५ हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ख बर्गमा राख्दै ८ जना र २ हजार भन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ग वर्गमा राख्दै ६ जनाको दरबन्दी स्वीकृत गरिएको छ।

क वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट/सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक ३ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक ३ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ। क वर्गको आधारभूत स्वास्थ्य केन्द्र ५ हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ।

यसैगरी, २ देखि ५ हजार भित्र जनसंख्या भएको क्षेत्रमा रहेको ख वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट/सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक २ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक २ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ। क वर्गको आधारभूत स्वास्थ्य केन्द्र ५ हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ।

२ हजारभन्दा कम जनसंख्या भएको क्षेत्रमा रहेको ग वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट÷सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक १ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech