भेरी अस्पताल विकास समितिका अध्यक्ष जसगडद्धारा अस्पतालको निरीक्षण

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७९, आईतवार

नेपालगन्जः भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगडले आज भेरी अस्पतालको निरीक्षण गर्नु भएको छ । अस्पतालको विभिन्न सेवाका साथै अस्पतालको आइसीयू, डायलाइसिस, एनआइसीयू, न्युरो, पेइंग, जनरल तथा इमर्जेन्सी विभागको निरीक्षण गर्नु भएको हो ।

निरीक्षणको क्रममा अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठको पनि सहभागिता रहेको थियो । निरीक्षणका दौरान अध्यक्ष जसगडले अस्पतालले दिंदै आएको सेवा सुविधाको बारेमा विभिन्न विभागका डाक्टर, विभाग प्रमुख, बिरामी तथा बिरामीका कुरुवाहरुसँग अस्पतालले दिंदै आएको सेवा सुविधाको बारेमा कुराकानी गर्नु भएको छ ।

असोज ७ गते शुक्रबार पदभार ग्रहण गर्नु भएका जसगडले अस्पतालले दिंदै आईरहेको सेवा सुविधालाई अझ चुस्त दुरुस्त तरिकाले सेवा प्रदान गर्न विभिन्न वार्डहरुमा निर्देशन दिनु भएको छ । निरीक्षणको क्रममा वार्ड प्रमुखहरुको समस्या तथा वार्डमा चाहिने थप उपकरण तथा जनशक्तिको बारेमा अध्यक्ष जसगढ तथा सदस्य श्रेष्ठले चासोका साथ जानकारी लिनु भएको छ ।

विभिन्न वार्डहरुमा रहेका केही समस्याहरुलाई चाँडै समाधान गरिने पनि अध्यक्षले वार्ड प्रमुख तथा डाक्टरहरुलाई आश्वासन दिनु भएको छ ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech