वेष्टर्न नर्सिङ्ग क्याम्पसका विद्यार्थीद्धारा त्रिपुरा बाल अस्पतालमा खेलौना प्रदर्शन

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७९, आईतवार

नेपालगन्ज: नेपालगन्ज स्थित वेष्टर्न नर्सिङ्ग क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आईतबार त्रिपुरा बाल अस्पतालमा खेलौना प्रदर्शनी गरेका छन् । पाठ्यक्रम अन्तर्गत उनिहरुले अस्पतालमा खेलौना प्रदर्शनीसँगै बिरामी बालबालिकाहरुलाई वितरण समेत गरेका छन् ।

क्याम्पसको ११ औं ब्याचका विद्यार्थीहरुले अस्पतालमा उपचारका लागि आउने विभिन्न उमेर समुहका बालबालिकाको वृत्ति विकासका लागि के कुरामा ध्यान दिने ? खानामा के कुरा उपयुक्त हुन्छ ? कुन उमेरका बालबालिका के कस्ता खेलहरु खेल्ने ? सरसफाईमा के कसरी ध्यान दिने ? लगायतका विषयमा जानकारी सहितको प्रदर्शनी गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

प्रदर्शनीबाट उपचारका लागि विभिन्न ठाउँबाट अस्पताल आएका बिरामी बालबालिका र उनका आफन्तहरु लाभान्वित भएका छन् । उपस्थित बिरामीहरुका आफन्तहरुले नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई जानकारी सहितको प्रदर्शनीका लागि धन्यवाद समेत दिएका छन् ।

उक्त कार्यक्रममा त्रिपुरा बाल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, वेष्टर्न नर्सिङ्ग क्यापसका विद्यार्थी, क्यापसका शिक्षक कर्मचारी लगायतको उपस्थित थियो ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech