भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगड नियुक्त

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७९, बिहीबार

नेपालगन्ज: सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगडलाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसगडलाई आज अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा जसगडलाई नियुक्त गरेको जनाएको छ ।

नेपालगन्जका सुनचाँदी व्यवसायी जसगड नेकपा एकीकृत समाजबादी पार्टीका नेता हुनुहुन्छ ।

उहाँ समाजबादीको कोटामा अस्पताल विकास समितिको अध्यक्ष बन्नु भएको हो । जसगड समाजबादीका जिल्ला सदस्य भएको बताइएको छ ।

यसअघि अस्पताल विकास समितिको अध्यक्षमा प्रमोद धिताल रहनु भएको थियो ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech