अनसनरत  डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७९, बिहीबार

नेपालगन्ज: स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनसनमा रहेका डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।

धनगढीमा अनसन बसिरहेका उहाँको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा हिजो काठमाडौं लगिएको थियो ।

डा. केसीलाई शिक्षण अस्पाल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।

उहाँको उपचार तथा निगरानीका लागि लागि एनेस्थेसियोलोजिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठको नेतृत्वमा, प्रशासनका कर्मचारीसहित पाँच सदस्यीय टोली खटाइएको छ ।

डा. केसीको रक्तचापमा केही परिवर्तनका साथै मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् ।

यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा. केसी ११ दिनदेखि अनसनरत रहनु भएको छ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech