नेपालगन्ज–४ मा थप दुई जनामा डेंगी र एक जनामा स्क्रब टाइफस पुष्टि

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७९, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–४ मा थप दुई जनामा डेंगी देखिएको छ । आज गरिएको निःशूल्क स्वास्थ्य परक्षणमा थप दुई जनामा डेंगी देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

४८ जनाको नमुना जाँच गर्दा २१ वर्षका पुरुष र ३६ वर्षकी महिलामा डेंगीको संक्रमण पुष्टि भएको हो । यस्तै ४९ वर्षकी महिलामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ मा यसअघि पनि ४ जना स्थानीयमा डेंगीको संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा यसअघि ४४ जनामा डेंगु पुष्टि भइसकेको छ । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर ४ का रहेको वलीले बताउनुभयो । किटजन्य रोगको संक्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech