गेटा आँखा अस्पतालले दिन छोड्यो निशुल्क सेवा

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७९, बिहीबार

धनगढीः कैलालीके गेटा आँखा अस्पतालले स्वास्थ्य बीमाका बिमितको उपचार गर्न बन्द गरेको छ। स्वास्थ्य बीमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै अस्पतालले बिमित बिरामीको निःशुल्क उपचार सेवा बन्द गरेको हो।

स्वास्थ्य बीमा बोर्डले ३ करोड ५० लाख रकम भुक्तानी नगरेकोले औषधि खरिद गर्न समस्या भएको भन्दै अस्पतालले उपचार सेवा नै बन्द गरेको गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीले बताउनुभयो ।

‘बीमा बोर्डसँग सबैभन्दा पहिला सम्झौता गर्ने अस्पताल हाम्रै हो तर गएको आर्थिक वर्षमा हामीले ३ करोड बढी रकम भुक्तानी पाएनौँ त्यसैले बाध्य भएर सेवा बन्द गर्ने भनेर स्वास्थ्य बीमा बोर्डलाई साउन ९ गते पत्राचार गरेका जानकारी गराएर सेवा बन्द गर्नुपरेको हो उहाँले भन्नुभयो–‘भुक्तानी पाए फेरि सेवा सुरू गर्छौँ।

सुदूरपश्चिमका सबै जिल्लाका आँखाका बिरामी उपचारका लागि गेटा आँखा अस्पताल आउने गर्छन्। तर बिमा गरेको छु भन्दै उपचार गर्न आउनेलाई भने साउन ९ गतेबाट समस्या हुन थालेको हो। अस्पतालले एकतर्फी बिमितको उपचार नगर्ने निर्णय गरेपछि बीमा कार्ड बोकेर अस्पताल आउने बिरामी मर्कामा पर्न थालेका हुन्। बीमा गरेर उपचार गर्न पहाडी जिल्लाबाट बिरामी आउने गरेका छन् तर अस्पतालको उपचार गर्न नसक्ने अवस्था रहेको प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।

 

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech