अनशनरत प्राडा केसीलाई काठमाडौं टिचिङ हस्पिटल लगियो

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७९, बुधबार

नेपालगन्ज: स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि प्राडा गोविन्द केसीलाई काठमाडौ टिचिङ हस्पिटल लगिएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनशनमा बस्नु भएका प्राडा केसीलाई उहाँकै खर्चमा टिचिङ हस्पिटल लगिएको हो ।

सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी आज ४:४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं लगिएको छ ।

अनशनका कारण स्वास्थ्य अवस्था बिग्रिएका कारण डा केसीसँग सेती अस्पतालका दुई जना चिकित्सकसहितको टोली पनि सँगै गएको छ ।

डा केसीसँगै रहेका डा अमृत जैशीका अनुसार डा केसीलाई अक्सिजन र स्लाइन चढाउनु पर्ने भएकाले विमानमा पनि अक्सिजनको व्यवस्था गरेर काठमाडौ लगिएको हो ।

सात बुँदे माग राखेर डा केसी १० दिनदेखि आमरण अनशननमा हुनुहुन्छ। सरकारले वार्ता टोली गठन गरे पनि वार्ता सफल भने हुन सकेको छैन।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech