तातो पानीले यसरी कम गर्छ कोलेस्टेरोल

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७९, बिहीबार

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तो रगतमा ८३ प्रतिशत पानी हुन्छ। पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ। हड्डीमा २२ प्रतिशत पानी हुन्छ। मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ। यसका अलावा शरीरका लागि सजिलै सफा गर्ने तत्वको रुपमा पानीले काम गर्छ। यस्तोमा तातो पानी पिउँदा यसले यात्रा गर्ने अंगलाई डिटक्सीफाइड अर्थात् विषाक्तरहित पार्छ।

कोलेस्टेरोलको कुरा गर्दा लिपिड रक्तनलीहरुमा टाँस्सिन्छन्। जब बढी चिल्लो या अस्वस्थकर चिज खाइन्छ, त्यसबाट बनेका लिपिड रक्तनलीमा टाँस्सिने हुन्छन्, जसले प्रारम्भिक रुपमा रक्तसञ्चार हुने मार्गलाई साँघुरो बनाइदिन्छन्। यसले मुटुमा दबाब पर्छ र शरीरका अन्य अंगमा रगत आपूर्तिमा अवरोध हुन्छ। यस्तो अवस्थामा तातो पानीले चिल्लो र अस्वस्थकर खानाबाट बन्ने लिपिडलाई सफा गर्छ र कोलेस्टेरोलको तह कम गर्न मद्दत पुग्छ।

कोलेस्टेरोलका लागि तातोपानीका फाइदा
उच्च कोलेस्टेरोल भएका मानिसका लागि तातो पानीका कैयौं फाइदा छन्। जस्तोः

तातो पानीले रक्तनलीमा टाँस्सिएका फ्याट मोलिक्युल्सलाई पगालेर हटाउन मद्दत गर्छ र रक्तनली सफा पार्छ।

तातोपानीले रक्तनलीमा टाँस्सिएका लिपिड्सलाई सफा गरेर शरीरमा रक्त आपूर्ति सहज बनाउँछ।

तातोपानीले ब्याड कोलेस्टेरोलका लागि कारक मानिएको ट्राइग्लीसराइड्स कम गर्न मद्दत गर्छ।

खाना खाएपछि तातोपानी पिउँदा शरीरमा कोलेस्टेरोल जम्मा हुन दिँदैन।

तातो पानीले धमनी र नसालाई शरीरमा पूर्ण रुपमा रगत फैलाउन मद्दत गर्छ, जसबाट शरीरका अंग स्वस्थ हुन्छन्।

हाई कोलेस्टेरोलमा तातो पानी पिउने सही तरिका
आयुर्वेदका अनुसार हाई कोलेस्टेरोलमा तातो पानी पिउने सही तरिका हो बिहान खाली पेटमा पिउनु। पानी करिब १२० फरेनहाइट हुनुपर्छ। आवश्यकताअनुसार कागती, महजस्ता चिज मिसाउन सकिन्छ।

डिस्क्लेमरः स्वास्थ्यसबन्धी समस्याका लागि सम्बन्धित चिकित्सकको सहयोग, परामर्श लिनुहोला।

  • ३० भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech