स्वास्थ्य कार्यालय बाँकेको प्रमुखको जिम्मेवारी सुनिता पौडेललाई

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७९, मंगलवार

नेपालगन्ज: वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले स्वास्थ्य कार्यालय बाँकेको प्रमुखको जिम्मेवारी पाउनु भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले पौडेललाई प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

धिरजंग शाह सेवा निवृत भएपछि स्वास्थ्य कार्यालय बांके करिव दुई महिना देखि निमित्तको भरमा चलेको थियो । निमित्त प्रमुखको जिम्मेवारीमा रहनु भएकी पौडेललाई मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको हो ।

पौडेलले बाँकेको स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो भूमिका प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

  • २८ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech