२४ घण्टामा २०३ सङ्क्रमित, १२६ सङ्क्रमणमुक्त

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७९, मंगलवार

तस्विरः फाइल

काठमाडौं:  पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ सय जनाको पीसीआर परीक्षणबाट ८७ र तीन हजार ७५९ जनाको एन्टीजेन परीक्षणमा ११६ कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ जना  छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा चार लाख २९ हजार ८०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • २८ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech