कोहलपुरको कौसिल्या अस्पतालमा स्त्री रोग उपचार सेवा पनि सुरु

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७९, मंगलवार

नेपालगन्जः बाँकेको कोहलपुरस्थित कौसिल्या अस्पताल प्रालिले अवदेखि नियमितरुपमा स्त्री रोग उपचार सेवा पनि दिन सुरु गरेको छ ।

केही समयसम्म वन्द रहेको प्रसूति तथा स्त्री रोग उपचार सेवालाई नियमित गरिएको अस्पतालका निर्देशक राम न्यौपानेले जानकारी दिनुभयो ।

प्रसूति तथा सत्रीरोग विशेषज्ञ डा गोमा रिमालको आगमनसँगै अस्पतालले स्त्री रोग विशेषज्ञ सेवा सुरु गरेको पनि न्यौपानेले बताउनुभयो ।

हरेक दिन विहान ८ देखि दिउँसो २ बजेसम्म महिलाहरुमा देखिने विधि स्वास्थ्य समस्याहरुको उपचार गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले गर्भजाँच सेवा, महिनावारी अनियमितता, पिसाव छिनछिनमा लाग्नु, पिसाव पोल्नु, यौनाङ्ग चिलाउने, सेतोपानी बग्ने तथा गन्हाउने, आङ खस्ने, तल्लोपेट दुख्ने, ढाट दुख्ने, पाठेघरको मुखमा घाउ खटिरा आउने, बाँझोपनाको समस्या लगायत विविध स्वास्थ्य समस्याको उपचार प्रदान गरिने बताइएको छ ।

  • २८ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech