२२७ जनामा कोरोना भाइरस, एक जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७९, बिहीबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् र कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४७३ रहेको छ ।

  • २३ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech