भेरी अस्पतालको नयाँ भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले भने–‘औंला गनेरै तीन महिनामा काम सक्नुस्’

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७९, बिहीबार

नेपालगन्जः सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको आज निरीक्षण गर्नु भएको छ ।

नवनिर्मित भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले औंला गनेरै तीन महिनामा काम सक्न निर्देशन दिनुभएको छ ।

निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा वद्री चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्या बारे अवगत गराउनुभएको थियो ।

मन्त्री चौधरीले आजै बाँकेको जानकी गाउँपालिका–३ मा सिकल सेल र सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास गर्नुभएको छ ।

  • २३ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech