पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना खुला

    • कोमल खड्का

  • ३१ श्रावण २०७९, मंगलवार

नेपालगन्जः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले नेपालगन्जस्थित वेष्टर्न हस्पिटलमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ ।

सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका वेष्टर्नसहित ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो।

सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर कलेजमा नर्सिङ अध्ययनका लागि ४० सिट छुट्याइएको छ।

पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ। पूर्ण शुल्कियमा भर्ना भएकाले खाना र होस्टलबाहेक अध्ययनका लागि उक्त शुल्क तिर्नुपर्ने हुन्छ।

तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शुल्क पहिलो वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३० प्रतिशत गरेर तिर्न सकिने सिटिइभिटीले जनाएको छ।

 

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech