नेपालगन्जः दाङको लमही अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ ।
योसँगै अस्पतालले मेजर शल्यक्रिया सेवा सुरु भएको घोषणा गरेको छ। यसअघि शल्यक्रियामार्फत प्रसूति सेवा मात्रै सञ्चालनमा थियो। अबदेखि अन्य शल्यक्रिया सेवा सुरु भएको हो।
पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिनुभयो ।
एमडिजिपी डाक्टर महेश सिलवाल, एनेस्थेसिया सञ्जय शर्मा, सजिना श्रेष्ठ लगायतको टिमले पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हो।