बाँकेमा थप ९ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ५० नाघ्यो

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७९, सोमबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । १ जना बाहिरी जिल्लाका हुन् ।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी निुभयो ।

सोमवार ४ जना निको भएका छन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २१३ पुगेको छ । यस्तै २० हजार ८०९ जना निको भइसकेका छन् । अहिले बाँकेमा ५१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

  • २३ श्रावण २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech