नेपालगन्जका गर्भवती र सुत्केरी आमालाई खाद्यान्न

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७९, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उमहानगरपालिकाले गर्भवती तथा सुत्केरी आमाहरुलाई आजदेखि खाद्य वस्तु वितरण सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र सुनौलो १००० दिनका अति विपन्न तथा गरिव गर्भवति तथा सुत्केरीहरुलाई पोषिलो खाद्य वस्तु वितरण सुरु गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर वस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पहिलो दिन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्र्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायतले गर्भवति तथा सुत्केरी आमाहरुलाई खाद्य बस्तु हस्तान्तरण गर्नुभएको हो ।

मसिनो चामल, दाल, तेल, आयोडिनयुक्त नुन, अण्डा, एक किलो स्वाउसहितको खाद्य तथा पोषण  प्याकेज र त्यसमा नङकट र सावुन समेत समावेश गरेर प्याकेज तयार पारिएको हो । करिव २१ सय रुपैयाँ बराबरको प्याकेज प्राप्त गरेपछि गरिव तथा अति विपन्न गर्भवति तथा सुत्केरीले राहत महसुस गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकामा एक सय जना गर्भवति तथा सुत्केरीलाई खाद्य वस्तु वितरणको लक्ष्य लिइएको पनि निरीक्षक बस्नेतले बताउनुभयो ।

 

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech