बाँकेमा ११ जना कोरोना भाइरस संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७९, शुक्रबार

नेपालगन्ज: बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्य बाँकेका ४ जना छ्न । अन्य बाहिरी जिल्लाका हुन ।

भेरी अस्पतालमा ११ वटा नमुना जाँच गर्दा १० जना र जमुनाह नाकामा एन्टिजेन परिक्षणबाट एकजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितीका फोकल पर्सन तेज वलीले जानकारी दिनु भयो ।

बाँकेमा कोरोनाना संक्रमितको संख्या २१ हजार १९६ पुगेको छ । यस्तै २० हजार ७९८ जना निको भैसकेका छ्न । अहिले बाँकेमा ४५ जना सकृय संक्रमित रहेका छ्न ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech