सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७९, शुक्रबार

नेपालगन्जः सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताउनुभयो ।

नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पुरानै कस्तो खालको संक्रमण हो भन्ने कुरा खुल्न सकेको छैन ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech