मैले जन्माएको आमा

    • राजकुमार विक

  • १५ श्रावण २०७९, आईतवार

चलनचल्तीको वेब सिरिज जस्तै कोरोनाको पनि दोस्रो लहर सुरु भईसकेको थियो । पहिलो लहरमा कोरोना विरुद्धको युद्धमा होम्मिएका हामी मध्येका केही साथीहरुले ज्यान गुमाई सकेका थिए । पहिलो लहरमा जसोतसो उम्किन सफल हामीलाई दोस्रो लहरको सुरुवातमै हलचल मच्चाइ सकेको थियो ।

सुरुदेखिनै आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा आफ्नो भन्दा पनि परिवारको डर लाग्दथ्यो । मलाई केही भई हाले पनि सरकारले खर्च व्यहोर्ला । अस्पतालकोे सेवा सुबिधा सजिलै उपल्ब्ध हुन सक्ला भन्ने सोच्थे । तर, परिवारका कुनै सदस्यलाई कोभिड भयो भने कुनै उपाय नै आफुसँग नहोला जस्तो लाग्थ्यो ।
……
कुरो बैशाख महिना को हो । जुनबेला, म कान्तिमा रेजिडेन्सीको अन्तिम वर्षको तयारीमा थिए । थेसिस सकाएर प्रोफेसरलाई बुझाउने तनाबमा थिए । पढाईको तनाव त थियो नै अर्को तर्फ दोस्रो लहर उत्कर्षमा पुग्दै थियो । अस्पतालको धपेडी असाध्यै । जसले गर्दा कसैको फोन उठाउन अनि म्यासेज फर्काउने समेत फुर्सद थिएन । बुवाआमाले पनि म व्यस्त भएको थाहा पाएर मेरो हालखवर बुझ्न ३ घन्टा पर पहाडको छेउको गाउँपालिकामा बस्ने श्रीमतीलाई फोन गर्दथे । एकदिन घरबाट फोन आयो । फोन आमाको थियो ।

आमाले आफु विसन्चो भएको सुनाउनुभयो । फोनमा उहाँले भन्दै हुनुहुन्थ्यो–‘पखाला लागिरहेको छ । सास फेर्न पनि गाह्रो भइरहेको छ ।’ आमालाई मैले ख्याल गर्नुस् म बुहारी अर्थात मेरो श्रमतिलाई कल गरेर खवर गर्छु भनेरकल राखे । तत्काल श्रीमतिलाई कल गरे । श्रीमतिले आमाको स्वास्थ्य अवस्थाबारे जानकारी दिइन् । आमालाई गाह्रो भएको सुनाइन् । बरु उपचारका लागि काठमाडौं लैजान सुझाइन् ।

घरको आर्थिक अवस्था उकास्ने भनी बाबाको पुरै जिन्दगी भारतमा बित्दै थियो । अनि दाजु भने बिदेश तिर होम्मिनु भएको थियो । आमालाई च्याप्दै गयो । सायद धेरै नै गा¥ह्रो भएर होला आमाले फोनमा भन्नुभयो–‘राजु अव त म बाँच्दिन होला ।’ आमाको यो शब्दले मनमा चिसो बतासले छोए झै भयो । बोल्दै गरेका ओठहरु काप्न थाले । सम्हालिएर भने आमा केही हुदैन् म छु त । आमा विसन्चो हुँदा आफुसँगै नभएकोमा भने मलाई पश्चाताप लागिरहेको थियो । कोरोना उत्कृषमा पुगेको थियो ।

नेपालगन्जको भेरी अस्पताल कोभिडका विरामीले खँचाखँच भरिएका थिए । बेड पाउनको लागि त्यहाँ भर्ना भएका मानिसको मृत्यु कुरेर बस्नु पर्ने अवस्था थियो । त्यहि भएर दायाँबायाँ नसोचेर आमालाई सिधै काठमाडौं ल्याउने ब्यवस्था मिलाए । सार्बजनिक विदाको दिन थियो । ओपिडी बन्द थियो । आमालाई रुममा पनि नलगेर सिँधै टिचिङ हस्पिटलको इमरजेन्सीमा जचाउन लगे । त्यहाँ सुरुवाती सोधपुछ पछि रगत जांच, एक्सरे अनि कोरोनाको परिक्षण गरियो । सुरुमा गरेको छातीको एक्सरे हेर्ने बित्तिकै कोरोनाको शंका लागिसकेको थियो । पूरा रिपोर्ट आउन अझै ३–४ घन्टा बाँकी थियो ।

आमालाई इमरजेन्सी कक्षमा राखिएको थियो । कोरोनाको रिपोर्ट नआएसम्म कतै सार्न मिल्दैन भन्ने खबर पाए । त्यतिबेलासम्म आमा अलि थकित मात्रै देखिनु भएको थियो । शरीरमा अक्सिजनको मात्रा ठिकै थियो । उता घरबाट आफन्तको फोन अनि बुवा र दाजुको विदेशबाट फोन आइरहेको थियो । आमाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन तारन्तार आइरहने फोनले कहिले त दिक्कै बनाउथ्यो ।

आमालाई कोरोना पुष्टि भए अस्पतालमा बेड पाइन्छ कि नाइँ ? आइसीयूमा राख्नु प¥यो भने खर्चले पुग्ला कि नाइँ ? दिनहुँ मानिसहरु मरेको देख्दा हाम्रो अवस्था पनि त्यस्तै आयो भने के गर्ने होला ? यस्तै–यस्तै नानाथरीका कुराले ढ्वांग्रो हानिरहेको थियो । मनमनै भगवानसँग कामना गरिरहेको थिए –‘हे भगवान आमाको रिपोर्ट नेगेटिभ आवस् ।’ तर भगवानलाई गरिएको पुकार वेकार भयो । आमालाई कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । इमरजेन्सीबाट अव अर्को पोजिटिभ वार्डमा सार्छ होला भन्ने सोचेको थिए । तर अस्पतालले अहिलेलाई सबै बेड प्याक छ भन्दै अर्को अस्पतालमा लैजान भने । अव के गर्ने ?

हतार–हतार टिचिङ अस्पतालमै लैजाने निधो गरे । तर बेड छ कि छैन ? बेड निश्चित गर्न अस्पतालमा कल गरे त्यहाँ पनि बेड प्याक रहिछ । अरु दुईतीन वटा सरकारी अस्पतालमा कल गरे त्यहाँपनि अवस्था उस्तै थियो । आमाको ज्यान भन्दा अरु ठूलो के नै हुन्छ र ? निजी अस्पतालमा लैजान मसँग पैसा थिएन् । गाउँको जग्गा बेचौ भने बिक्री हुने खालको जग्गा पनि थिएन र त्योपनि तुरुन्तै कसले पो लिन्थ्योर ? मेरो आफ्नो कमाईले मलाई आफ्नो खर्च चलाउन अनि पुरानो लोन तिर्न ठिक्क हुन्थ्यो । बुवा र दाजुको कमाइले घरको ऋण तिर्नै ठिक्क हुन्थ्यो । त्यसैले मसँग टिचिङ अस्पतालको बेड कुरेर बस्नु बाहेक अर्को विकल्प थिएन् ।

कहिँकतै खाली हुन्छ कि भनेर मैले आफूले चिन्ने टिचिङ, वीर अनि कान्ति अस्पतालका साथी अनि सिनियर डाक्टरहरुसँग हारगुहार माग्थे । तर उनीहरु पनि के गरुन ? अवस्था नै त्यस्तै विकराल थियो । साँझ भईसकेको थियो । केही उपाय नलागेपछि एउटा कुनामा गएर बसे । आकाशबाट सिमसिम पानी पर्दै थियो । अनि आफूलाई सम्हाल्न नसकी हार मान्दै भक्कानो फोडेर रुन थालेछु । मलाई वरिपरि रहेका मान्छेहरुले हेरे अनि सुने पनि होलान् । मलाई उनीहरुले सुन्नु नसुन्नु सँग के प्रवाह ? साथी बिप्लव, शम्भु र दाजु सुशीलको कल रिसिभ गर्दा म बोल्दै सकिन् । त्यो पल मलाई मेरो गरिवी प्रति धिक्कार लागेको थियो । पेशाप्रति घृणा जागेको थियो ।

जिरो लेबलबाट उठेर कमाउन धेरैसमय लाग्ने रहेछ जस्तो लाग्यो । आमाले बुवालाई भनेको कुरा सम्झिए –‘जिन्दगी भरी अर्काको देशमा चौकिदारी गरेर अहिले सम्म राम्रो घडेरी अनि जग्गा पनि किन्न सकिएको छैन । छरछिमेकमा सबैको ठाँउमा घर अनि घडेरी छ ।’ जसको उत्तरमा बुबा भन्नुहुन्थ्यो–‘हाम्रो लगानीमा हाम्रो पुर्खामा कोहि पनि राम्रोसँग अक्षर नचिन्नेको सन्तानमा गर्व गर्ने लायक डाक्टर त बनाएका छौ । मैले सन २०१३मा एमबिबिएस सकेर खजुरा स्वास्थ्य चौकीमा बाँकेमा डाक्टर भै काम गर्दा त्यस ठाउँ वरिपरिका नेता भद्र भलाद्मीहरुले ‘बाबू तिम्रो घर कहाँ प¥यो ?’ भनेर सोधपुछ गर्दा म भन्थे –‘जमुनी डाफे प¥यो ।’

फलानो बडाअध्यक्ष-नेता ज्युको छोरा हौकी गाउँको प्रधानको आफन्तजन हौं उनिहरु थप प्रश्न गथ्र्ये । मैले सहजै भन्थे–‘हजुर मेरो पृष्ठभूमिमा त्यस्तो शक्तिशाली मान्छे कोहि पनि हुनुहुन्न । म एक गाउँले कृषक । आफ्नो अनि परिवारको पेटपाल्न भारतमा चौकीदार गरिरहेका इसरे सुनारको छोरो हुँ ।’ निर्धक्क जवाफ दिएको बेलाबेलामा सम्झिरहन्छु जसले मलाई सँधै अघि बढ्न प्रेरणा दिन्छ । तर, नेपालमा डाक्टरको मर्म बुझ्ने सरकार अहिले सम्म आएको महशुस भएको छैन । मलाई मात्रै हैन हाम्रो फिल्डमा काम गर्ने थुप्रै डाक्टरहरु जो, विशेष गरि शून्य लेबलबाट आएका हुन्छन् ।

जसको पैतृक सम्पति केही हुँदैन उसलाई त इमान्दारीका साथ काम गरि डाक्टरको जिन्दगी जिउन पनि गा¥हो हुन्छ । सरकारले गरेको तरिका हेर्दा हाम्रो ईमानदारीता कायमै राखि काठमाडौँमा परिवार पाल्न गा¥ह्रो हुन्छ । मेहनत अनुसारको अनि अन्य देशमा डाक्टर पेशालाई दिने सम्मानजनक तलब सुबिधा पनि दिन सकेको छैन् । दिनप्रतिदिन बढ्दै गरेको महंगीसँग जुध्ने हिम्मत पनि आउँदैन । सरकारको व्यबहार हेर्दा यस्तो लाग्छ कि ‘जाउ तिमीहरुलाई तलब भत्ता बढाउन सकिँदैन । तिमीहरु आफ्नो तरिका खोज’ भने जस्तै लाग्छ । फलतः हामी ३–४ ठाउँ क्लिनिकमा भौतारिन बाध्य हुन्छौं । कमिसनको चक्करमा डुब्न प्रेरित हुन्छौं ।

आफूसंगै हुर्केका पढेका साथीहरुले घरघडेरी गाडी चढेर सुखी जिन्दगी बिताउन थालि सके हामी भने जहाँको त्यहिँ । यहि सम्झेर यो देशमा डाक्टर बन्नु भनेको अभिसाप जस्तो लाग्दछ । बिदेश पढ्न जानुपनि एउटा अर्को सम्भावना थियो । तर त्यँहाको लागि दिइने प्रवेश परीक्षाको शुल्क पनि हामी जस्ता आर्थिकस्तर निम्न भएकाहरुका लागि महंगो हुने भएकाले त्यतातिरको बाटो कहिल्यैं सोच्न सकिएन । सोच्न सकियो त केबल एउटै कुरा राज्यको अपहेलना सहि रहेको चिकित्सकीय पेशा यस्तै रहिरहे आफ्नो सन्तानलाई कहिले पनि डाक्टर पढन उत्प्रेरित गर्ने छैन । मनमा धेरै कुरा खेल्दै गर्दा एकजना सिनियर दाजुको फोन आयो उनले भने–‘डाक्टर साहब, एउटा बेड खाली हुँदैछ चिन्ता नलिनुस् ।’ अनि, एकैछिनमा म प्रफुल्लित भए । फेरि आफुले काम गर्ने कान्ति बाल अस्पतालको इमरजेन्ीिको वातावरण सम्झिए ।

बेड नपाएर भौतारिरहेको बिरामीको मान्छेलाई सम्झिए । अनि फेरि भन्न मन लाग्यो, यो सरकार किन निर्दयी ? बेडको अभावमा अनि आर्थिक स्रोतको अभावमा मान्छेहरुले कहिले सम्म ज्यान फाल्नु पर्ने हो ? आमालाई माथि एनेक्स वार्डमा सारिसकेको थियो । श्रीमतीले उनको महिनावारी रोकिएको खबर सुनाएको ३ दिनमात्रै भएको थियो । बच्चाको बाबु बन्न लागेको खुसीमा छुट्टै आनन्द थियो । तर, म यहाँ धर्म संकटमा थिए । दैवको लिला पनि कति कठोर है ? उता बाबु बन्न लागेको खुसी एउटा छ ।

अर्को यता आमा मृत्युसँग लडिरहनुभएको छ । कस्तो परीक्षा लिन्छ यो दैवले पनि । श्रीमतिलाई आमाको स्याहार गर्न बोलाउँ भने विहे गरेको तीन वर्षपछि पहिलो पटक बुबाआमा बन्दै थियौं । दोस्रो लहरको कोरोनाले फेरि आमा अनि गर्भमा रहेको शिशुलाई अफ्ठ्यारो हुन सक्ने डर प्रबल थियो । नबोलाउँ भने आमाले के सोच्नुहोला, समाजले के सोच्ला भन्ने भय । श्रीमति र मैले सल्लाह ग¥यौं । श्रीमतिले टाढैबाट भेट्ने अनि यथार्थ कुरो आमालाई भन्ने सोंच बनायौं । तर आमाको अवस्था हेरेपछि जे हुन्छ हेर्दै जाउँला अहिले नजन्मिएको भन्दा जन्मिसकेको मान्छेलाई प्राथमिकता दिउँ भन्ने निष्कर्षमा पुग्यौं ।

श्रीमति आएको २ दिनपछि आमाको अवस्था झन गम्भीर हुँदै गयो । सुरुसुरुमा त आमाको गाउँका साथीहरुसँग भिडियो कल हुन्थ्यो । पछि अवस्था जटिल भएपछि बोल्न पनि गा¥ह्रो भयो । उहाँको मोबाईल स्विचअफ भयो । गाउँतिर आमा बितिसकिन भन्ने हल्ला फिजिँए छ । र, सत्यतथ्य बुझ्न मलाई केही फोन समेत आए । शरीरमा अक्सिजनको मात्रा घटेर ७५% मा झ¥यो । कृत्रिम अक्सिजन लगाएर पनि ८९– ९० % मात्रै हुन थाल्यो । बेडमै दिसा पिसाब गराउनु पर्ने अवस्था आइपुग्यो । उता मेरो अस्पतालमा मलाई थेसिस साईन गराउन सरलाई भेट्न गा¥ह्रो भएको थियो । एकातिर आमाको चिन्ता अर्कोतिर फाइनल वर्षको थेसिस सकाउनु पर्ने जुन नसकी म परीक्षामा बस्न पाउदैन्थे । जन्मदिने आमाभन्दा मेरो पढाई ठूलो हुन सक्दैन । जे परे पर्छ । म पढाइ छोड्नु परे पनि छोड्छु भन्ने निधोमा पुगे ।

तर मेरो समस्याबारे मेरा साथीभाईहरु पूर्णरुपमा जानकार थिए । मेरो यो समस्या बुझेर मलाई थेसिसमा सहयोग गरि थप उर्जादिने सफा हृदयका साथी बिनिता सिंह, लक्ष्मी गुरुङलाई धन्यबाद नदिई म बस्न सक्दिन । पोस्टिङ भएको युनिट इन्चार्ज शुभाना कार्की थापा म्यामले मलाई बारम्बार हौसला अनि सहानुभूति दिनु हुन्थ्यो । उहाँको त्यो गुण म कहिल्यै बिर्सने छैन । मेरो आमाको ज्यान जोगाउन म्यामले गर्नु भएको सहयोग अनि प्रयासले उहाँप्रति मेरो सम्मान सबैभन्दा माथी उक्लिएको छ । आमाको अवस्था झन जटिल बन्दै गएको थियो । रेम्डेसिभिर चलाउन बाँकी थियो । उक्त रेम्डेसिभिर पनि सजिलै नपाउँदा केहि डोज ब्ल्याकमा किन्नु परेको थियो ।

सुरुमा औषधिको व्यबस्था गरिदिने प्रिय साथी विकास शाहको त्यो गुन म कहिले बिर्सन सक्ने छैन । हाम्रो अर्को म्यामले बिरगन्जको बाटोबाट भएर पनि औषधि मगाउने प्रयास गर्नुभयो । त्यसपछि कान्ति अस्पतालकै सिनियर दाजुको सहयोगमा बाकी औषधिको व्यबस्था पनि भयो । ब्ल्याकमा औषधि किन्दा गोजिको पैसा रित्तिएको पत्तै नहुने रहेछ । त्यसपछि पैसाको खोजीमा म एकजना चिनेको आफन्तको मा वईकमा जाँदै थिए ।

बेलुकातिर अर्को एकजना म्यामको फोन आयो–‘पैसाको समस्या भए भन्न नहिच्किचाउनु, ढुक्क भएर भन्नु है ।’ माल्दिभ्सको साथीले त्यस्तै सहानुभूति दिएर आत्मबल बढाएका थिए । साथीभाई, आफन्त अनि सिनियर जुनियर साथीहरुले पनि बेलाबेलामा हालचाल सोध्नु हुन्थ्यो । जसले गर्दा म एक्लै छैन भन्ने महसुस हुन्थ्यो । र, साहस अनि आत्मबल बढेर आउँथो । आमाको अवस्था झनझन बिग्रीदै गएको थियो । त्यहाँ कार्यरत डाक्टरको टिमले अव आईसयूमा सार्नु पर्छ जति बेला पनि भेन्टिलेटरमा राख्नुपर्न अवस्था आउन सक्छ भन्न थाले । मेरो उहीं पुरानो समस्या आर्थिक अपरिपक्वता, वाहिर प्राइभेटमा त १–२ दिन पनि टिक्न सकिँदैन । आर्थिक अवस्था बलियो नभएकाले बाहिर प्राइभेटमा राख्ने अवस्था थिएन ।

भाग्यको खेल । निधारमा जे लेखेको छ त्यहीं नै हुने होला । भन्ने आत्मबल दरो बनाए । जोखिमकाबीच पनि मैले त्यहीं राख्ने निधो गरे । अर्को विकल्प पनि त मसँग थिएन् । आमालाई कुर्न आएको भाईलाई आमा अव बाँच्न गा¥ह्रो छ । जे हुन्छ सबै सहनु पर्छ । भन्दै भाईलाई बलियो हुन भने । किनकी आमाको विग्रदो स्वास्थ्य अवस्थाका कारण भाई रोइरहेको थियो । तर भन्न जति सहज छ तर आँखाले मेरो आत्मबललाई तोडिदियो ।

बररर.. आँसु खसे । सायद आमाको अन्तिम अवस्था नै होला भनेर विदामा भरखरै घरमा आउनुभएको दाजुलाई काठमाडौं बोलाई हाले । बुवा भारतमै बोर्डर बन्द भएर नेपाल आउन पाउनु भएको थिएन । म आफैँमा कमजोर भैइ सकेको थिए । टिचिङको सिस्टरको कामपतिको लगाब, चिकित्सकको सल्लाह, श्रीमतिको साथ र सहयोग, आफन्तजन, गुरुवर्ग, अग्रज डाक्टर, कान्तिमा कार्यरत मेरा सहपाठी, जुनियर अनि सिस्टरहरुको साथ अनि मायाले आमालाई क्रमित सुधार हुन थाल्यो ।

सायद आमाले दोस्रो जीवन पाउनु हुन्छकी भन्ने झिनो आस लाग्न थाल्यो । आस भन्ने कुराले पनि मान्छेलाई कति उत्साहित बनाउने हगी ? नभन्दै आमाको स्वास्थ्य प्रत्येक दिन सुधार हुँदै जान थाल्यो । ठिक त्यहीं समयमा जुम्लामा बस्नु हुने छ्यामा (सानिआमा) अनि अंकल दुबैजना कोरोना संक्रमित हुनुभयो । सानीआमाको एक्सरे रिपोर्ट हेर्दा त आमाको भन्दा पनि धेरै खराब थियो । उहाँहरु हस्पिटल गएर भर्ना हुन अन्कनाइ रहनुभएको थियो ।

यता यमराज नजिकैबाट फर्किएकी आमाको अवस्था सम्झिँदा म धेरै नै आत्तिए । अस्पतालका सम्पूर्ण बेडहरु प्याक थिए । यस्तो बेलामा रेफर गरेर पनि आउन सजिलो थिएन । त्यैसैले बेड पाइएको छ भने भर्ना भई हाल्नु भनेर छ्यामासँग जिद्दिनै गरे । मेरो परिवारमा कसैलाई कुनै अप्रिय घटना नघटोस् भन्ने चाहन्थे । यता आमा तंग्रिदै जानु भएको थियो । आमाको अनुहारमा खुसीका भावहरु झल्कन लागिसकेका थिए ।

‘पैसा नकमाए पनि मेरो यो दिनको लागि मैले छोरालाई जन्म दिएकी रहेछु । पहिलो जीवनमा मैले तिमीलाई जन्म दिएर आमा बन्ने सौभाग्य पाए । आज दोस्रो जीवन तिमीले दियौं छोरा ।’ खुसीका आँसु झार्दै आमाले अंगालो हाल्नुभयो । कति बेला मेरा आँखा रसाएछन् थाहै पाएन् ।

आमाबुबाको सत्कर्म अनि आशिर्वादले मैले पनि मेरो आमालाई दोस्रो जीवन दिन सफल भएकोमा खुसी थिए । त्यहीं खुसी बाड्नको लागि अन्तराष्ट्रिय नर्सिङ डे को दिन मेरो तर्फबाट एनेक्स एकका टीम नारायणी शर्मा सिस्टरको टिमलाई युरोपियन बेकरी क्याफेबाट केक गिफ्ट गरेर खुसी साटासाट ग¥यौं । अनि, करिव १६ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएर कोठामा फर्कियौँ ।

भेरी अस्पतालको प्रकाशित स्मारिका अक्सिजनबाट

  • १५ श्रावण २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech