उपचारका क्रममा शिशुको मृत्युपछि अस्पतालका चिकित्सक र नर्स कोठामै थुनिए

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७९, शुक्रबार

नेपालगन्जः उपचारका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्।

उपचारमा लापरवाही भएको भन्दै आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन्।

भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने शिशु (छोरा)को बिहीबार दिउसो अस्पतालमा मृत्यु भएपछि आफन्तले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १२ जनालाई कोठाभित्रै थुनेका हुन्।

लम्साल दम्पतीले आफ्नो शिशुले दुध नचुसेको भन्दै बिहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याएका थिए।

अस्पतालले दिउँसो पौने ३ बजे तिर शिशुको मृत्यु भएको जानकारी दिएपछि आफन्तहरु आक्रोशित भएका हुन्।
उनीहरुले चिकित्सक तथा नर्सले उपचारमा तदारुकता नदेखाएको आरोप लगाएका छन्।

मृत्यु भएको जानकारी पाएपछि आक्रोशित आफन्तले चिकित्सक र नर्सको गम्भीर लापरवाहीको आरोप लगाउँदै कोठाभित्र राखेर बाहिरबाट ताला लगाएका थिए।

उपचार हुँदाहुदै बालकले आमाको दुध खाँदा सर्किएपछि मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो ।

  • १३ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech