नेपालमा एकै दिन थपिए ७१० कोरोना संक्रमित, २ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७९, बिहीबार

नेपालगन्जः नेपालमा एकै दिन ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका छन् ।

बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ ।२४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech