सीमित स्रोत साधनमा पनि भेरीको सेवा स्तरीय देखिएको छः राज्यमन्त्री केसी

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७९, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सीमित स्रोत साधानका बाबजुत भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

भेरी अस्पतालको १३२ औं स्थापना दिवसको अवसरमा भेरी अस्पतालले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले नेपालका विशिष्ट अस्पतालह्रु मध्ये भेरीले विपन्न, गरिब, असहाय असक्त, आम बिरामीहरुको सेवालाई प्रमुख प्राथमिकता दिएको स्मरण समेत गर्नुभयो ।

उहाँले जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैमा नैतिकता, इमान्दारिता, जिम्मेवारी र कर्तव्यबोध भएर जनताको सेवामा समर्पण हुन स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा नेकपा एमालेका सचिव रत्न खत्री, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एकिकृत समाजवादीका अध्यष अशोक कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पूर्व नगर प्रमुख धवलशमशेर राण, प्राध्यापक डा.जनार्धन शर्मालगायतले स्तरीय सेवा प्रवाहको आग्रहसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मानित गरिनुका साथै ‘म भेरी अस्पतालको प्रमुख भए‘’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगि तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत समेत गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाइँले जानकारी दिनुभयो ।

 

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech