छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७९, बुधबार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ ।

शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो । नेपालीका लागि एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा छ ।

आयोगले सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाइन आवेदन पेश गर्न सक्ने जनाएको छ ।

  • ११ श्रावण २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech