ग्रीन टी : के छन् यसले स्वास्थ्यमा पार्ने फाइदा र बेफाइदा?

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७९, मंगलवार

एन्टीअक्सिडेन्टले भरपुर ग्रीन टी थुप्रै रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ। शताब्दिऔंदेखि नै यसलाई आयुर्वेदमा चिकित्सीय एवं परम्परागत चिनियाँ औषधिको रुपमा ज्वरोदेखि मुटु रोगसम्म प्रयोग हुँदै आएको छ। तौल घटाउनदेखि क्यान्सरबाट जोगिन एवं रक्तचाप नियन्त्रण गर्र्नसमेत यसले फाइदा पु¥याउँछ। नसासम्बन्धी रोगहरु जस्तै अल्जाइमर एवँ पार्किन्सनमा पनि यो प्रभावकारी देखिएको छ।

कफीको लत बसेकालाई कफीनको प्रयोग कम गर्न ग्रीन टीलाई कफीको विकल्पमा प्रवद्र्धन गरिँदै आएको छ। यसमा प्रचुर मात्रामा केचिन हुन्छ, जसले पाचन शक्ति बढाउन,अनाबस्यक प्याट घटाउन मद्दत गर्छ । आयुर्वेदका अनुसार ग्रीन टी मा पाचन प्रणालीलाई बलियो बनाउने क्षमता हुन्छ भने यसले तौल घटाउन सहयोग गर्दछ ।

ग्रीन टीका फाइदा

मोटोपना हटाउन मद्दत गर्छः यसमा पाइने क्याफेइन फ्लेभोनोइड्सजस्ता महत्वपूर्ण एन्टीअक्सिडेन्ट पाइने हुनाले यो मोटोपना घटाउन प्रभावकारी मानिन्छ। यसले मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन सहयोग गर्छ। मानिसको पाचन प्रणाली कमजोर हुनुमा अस्वस्थकर खाना र खराब जीवनशैली प्रमुख कारक हो। यसले पाचन प्रणालीलाई दुरुस्त राख्न सहयोग गर्छ।

रक्तक्यान्सरको खतरा कम गर्छः यसले रक्त क्यान्सरको रुपमा चिनिएको ल्युकेमियाको खतरालाई क मगर्न सहयोग गर्छ। आयुर्वेदका अनुसार ग्रीन टीले बोन म्यारो र लिम्फाटिक प्रणालीमा क्यान्सरका कोष बढ्न र फैलनबाट रोक्छ।

ओस्टियोपोरोसिसबाट जोगाउँछः विश्वव्यापी रुपमा विभिन्न कारण यसको प्रयोग हुने गरे पनि यो ओस्टयोपोरोसिसको उपचारमा प्रभावकारी भएको पाइएको छ। यसको नियमित सेवनले हड्डीको घनत्वमा सुधार ल्याई ओस्टियोपोरोसिसविरुद्ध रक्षा गर्छ।

उच्च रक्तचाप व्यवस्थापन गर्छः यसमा पाइने फ्लेभोनोइड्सले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाई उच्च रक्तचाप लाग्नबाट बचाउँछ। नाइट्रिक अक्साइडले साँघुरिएका रक्तनलीलाई फुकाउन मद्दत गर्छ, जसबाट रक्तचापको मात्रा घटाउँछ।

मुटुरोगबाट टाढा राख्छः यसका मुटुलाई बचाउने खालका तत्व हुने भएकाले मुटु रोगबाट जोगाउने काम गर्छ। फ्रि र्याडिकलबाट मुटुका कोषमा क्षति हुनबाट जोगाउँछ।

साइड इफेक्ट्स

पेटसम्बन्धी समस्या आउन सक्छ।

टाउको दुख्छ

क्याफिइनले निद्राको चक्र प्रभावित पार्न सक्छ।

एनिमिया र आइरन कम हुनसक्छ।

रिङगटा लाग्ने र वान्ता हुने हुनसक्छ।

ग्रीन टीको अत्याधिक सेवनले फोक्सोमा खराबी निम्त्याउन सक्छ।

एक दिनमा कति पिउने?

एक दिनमा कति ग्रीन टि पिउने भन्ने कुराको स्पस्टता छैन। कुनै अध्ययनले दिनमा एक कप पिउँदा फाइदा हुन्छ भनेको छ भने कुनैले दिनमा पाँच कप वा बढी पिउँदा विभिन्न रोगको जोखिम कम गर्छ भन्ने देखाउँछ । यद्यपि ग्रीन टी नपिउनेभन्दा पिउनेहरुको स्वास्थ्य राम्रो हुने अध्ययनले पुस्टि गरेको छ।

 

  • १० श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech