धेरै टुथपेस्टको प्रयोग बच्चाका लागि हानिकारक

    • स्वास्थ्य पेज

  • २५ असार २०७९, शनिबार

दाँत माझ्नका लागि धेरै टुथपेस्टको प्रयोग बच्चाका लागि हानिकारक हुनसक्छ ।

अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार ४० प्रतिशत अभिभावकले तीनदेखि छ वर्षका बच्चालाई निर्धारित मात्राभन्दा बढी टुथपेस्टको दिइरहेको अध्ययनले देखाएको छ । तीनदेखि छ वर्षसम्मका बच्चालाई ब्रसमा मटरको दाना जति टुथपेस्टको प्रयोग गर्नुपर्ने सिडिसी र अमेरिकन डेन्टल एसोसिएसनले सिफारिस गरेको छ।

तीन वर्षभन्दा कम उमेरको बच्चाका लागि चामलको दाना जति टुथपेस्टको प्रयोग गर्नुपर्ने हुन्छ । धेरै टुथपेस्टको प्रयोग बच्चाको दाँतका लागि हानिकारक हुनेगर्छ । तीनदेखि १५ वर्षसम्म उमेरका बच्चाका अभिभवाकमा गरिएको अध्ययनमा ६० प्रतिशतले ब्रसमा आधा वा पूरा टुथपेस्ट दिइरहेका छन्।

दाँत उम्रिने बेला भएका बच्चामा धेरै टुथपेस्टको प्रयोगले उनीहरूको इनामेलमा क्षति हुने र बच्चाले धेरै फ्लुओराइड निल्ने हुँदा डेन्टल फ्लुओरोसिस हुन सक्छ । फ्लुओराइडको अत्यधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाएर दाँतको रङ र वनावटमा पनि परिवर्तन गराउन सक्छ । त्यसैले, दाँत उम्रिन थालेदेखि ब्रस गर्न सुरू गरे पनि साना बच्चाका लागि टुथपेस्ट कम प्रयोग गर्ने सल्लाह दिइन्छ।

  • २५ असार २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech