गर्भावस्थामा यौन सम्पर्क राख्ने कि नराख्ने ?

    • प्रा.डा.चन्दा कार्की

  • २३ असार २०७९, बिहीबार

गर्भावस्थामा शारीरिक सम्पर्क राख्न मिल्छ या मिल्दैन । शारीरिक सम्पर्क राख्दा आफ्नो सन्तानलाई केहि असर होला कि भन्ने भय उनिहरुको मनमा हुन्छ । धरैजसो गर्भवती महिलाहरुमा गर्भावस्थामा शारीरिक सम्पर्क राख्ने बिषयमा जिज्ञासा रहेको हुन्छ । तर उनिहरु यस्ता बिषयमा खुलेर कुरा गर्न सक्दैनन् । यस्ता बिषयमा उनिहरु अस्पताल पुगेर बिशेषज्ञसँग परामर्श लिने साहस पनि जुटाउन सक्दैनन् । जसका कारण विभिन्न समस्याहरु झेलिरहेका हुन्छन् ।

हरेक महिलाको शारीरिक अवस्था फरक हुन्छ । त्यसैले गर्भवती हुदाँ महिलाको शरीरले कसरी रियाक्ट गर्छ भन्ने थाहा हुदैँन । त्यसैले महिलाको शारीरिक अवस्था हेरेर गर्भावस्थामा शारीरिक सम्पर्क गर्न मिल्छ या मिल्दैन भन्न सकिन्छ ।

गर्भावस्थाको पहिलो तिन महिना शारीरिक सम्पर्क नराखेको राम्रो मानिन्छ । यो तिन महिनामा गर्भवतीमा केहि परिर्वतनहरु आउने भएकाले उनिहरुले आफुलाई कमजोर महसुश गरिरहेका हुन्छन् ।

सामान्य गर्भावस्थामा ३ महिनापछि शारीरिक सम्पर्क राख्दा कम बल लगाउने र सावधानी अपनाउनुपर्ने हुन्छ  । त्यसका साथै शारीरिक सम्पर्कको लागी गर्भवतीको मन्जुरी हुन आवश्यक छ । गर्भवती हुदाँ महिलाको भावना फरक हुन्छ । त्यसैले गर्भवती महिलालाई शारीरिक सम्पर्क राख्ने चाहाना नहुन पनि सक्छ । यस्तो अवस्थामा जबरजस्ती शारीरिक सम्पर्क राख्नु हुदैन ।

श्रीमती गर्भवती भएपनि श्रीमानलाई शारीरिक सम्पर्कको चाह हुनसक्छ । उनिहरुमा छिट्टै शारीरिक सम्पर्कको चाहाना हुन्छ । तर महिलाहरु मन खुशि भएपछि मात्र शारीरिक सम्पर्क राख्न रुचाउँछन् । त्यसैले श्रीमानलाई शारीरिक सम्पर्कको चाहाना भएपनि श्रीमतीको भावनालाई बुझेर मात्र शारीरिक सम्पर्क राख्नुपर्छ ।

गर्भावस्था एक बिशेष अवस्था भएकाले महिलाको भावनालाई सम्मान गनुपर्छ । गर्भवती शारीरिक सम्पर्क राख्न इच्छुक नभए शारीरिक सम्पर्क गर्न हुदैँन । भने यदि गर्भवती शारीरिक सम्पर्क राख्न इच्छुक भए कम बल लगाएर सुरक्षित तरिकाले राख्नुपर्छ ।

गर्भावस्थामा अन्य समस्या जस्तै उच्च रक्तचाप, मधुमेह, पाठेघरमा कुनै समस्या, अघिल्लो शिशु महिना नपुगि जन्मेको र गर्भावस्थामा नै रक्तस्राव भइरहेको जस्ता जटिलताहरु देखिएका छन् भने शारीरिक सम्पर्क राख्नु नै हुदैँन ।

गर्भावस्थामा सावधानिपुर्वक शारीरिक सम्पर्क राख्दा भुण्रलाई केहि असर गर्दैन तर महिलाको गर्भावस्थामा अन्य जटिलता र बलपुर्वक शारीरिक सम्पर्क राखेमा गर्भवतीको ज्यान नै तलमाथी हुन सक्छ । गर्भवतीमा केहि समस्या आएमा भुण्रमा पनि समस्या आउँन सक्छ । वा भुण्र नै खेर जान सक्छ ।

गर्भवतीको इच्छा विपरित शारीरिक सम्पर्क राख्दा उनलाई शारीरिक, मानसिक वा भावनात्मक असर पर्न सक्छ, आमामा यस्तो समस्याबाट गुज्रिदा स्वत भुण्रमा पनि असर पर्छ । त्यसैले श्रीमानले श्रीमतीको भावनालाई बुझेर मात्र शारीरिक सम्पर्क राख्दा उचित हुन्छ ।

  • २३ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech