उपचार व्यवस्थापनमा प्रहरी अस्पताल र मेडिकल कलेजबीच सम्झौता

    • स्वास्थ्य पेज

  • १७ असार २०७९, शुक्रबार

नेपालगन्जः मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज र लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्जबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला र भुपु प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत छुट गर्ने दिने सम्झौता भएको नेपाल प्रहरी अस्पतालका डिएसपी डा.आनन्द झाले जानकारी दिनुभयो ।

यस्तै अन्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको छ । आश्रित परिवारका सदस्य विरामी भएर प्रहरी अस्पतालबाट रिफर भए उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले जानकारी दिनुभयो ।

अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्जका प्रमुख कार्यकारी अधिकृत डा. सुनिलकुमार सिंह र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको तर्फबाट प्रहरी उपरीक्षक डा. दीपा न्हुच्छे प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech