थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

    • स्वास्थ्य पेज

  • १७ असार २०७९, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार द्द१७ पुगेको छ ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech