कोहलपुर नगरपालिकाद्धारा निःशूल्क छाला रोग शिविर (फोटो फिचर)

    • स्वास्थ्य पेज

  • १७ असार २०७९, शुक्रबार

नेपागन्जः बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबार निःशूल्क छाला रोग शिविर आयोजना गरेको छ ।  कोहलपुर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोगका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए ।

भेरी अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । अधिकांशमा दाद, लुतो, एलर्जिलगायतका समस्या देखिएको डा.चापागाईले जानकारी दिनुभयो ।

शिविर उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले छाला तथा यौन रोगको समस्याबारे अझैपनि बिरामीहरु खुलेर आउन नसकेको अवस्थामा नगरपालिकाले ति बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताउनुभयो ।

उहाँले छाला तथा यौन रोग पहिचान र उपचारका लागि आगामी दिनमा नगरपालिकाका सबै वडामा यस्ता शिविरहरु आयोजना गरिने बताउनुभयो ।

नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सिंह ठकुरीले छाला तथा यौन रोग सम्वन्धि समस्या भएका विरामीलाई लक्षित गरेर विशेषज्ञ चिकित्सकै सहभागितामा शिविर गरिएको बताउनुभयो ।

यसअघि बिशेषज्ञ चिकित्सककै सहयोगमा कौशिल्या अस्पतालसँग सहकार्य गरेर पन्ध्र वटै वडामा जेष्ठ नागरिकलाई लक्षित गरेर निःशूल्क शिविर गरिएको थियो ।

तस्विरमा शिविर

 

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech