नेपालगन्जमा फेरि कोरोना देखिन थाल्यो, ३ जनामा संक्रमण

    • स्वास्थ्य पेज

  • १७ असार २०७९, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः बाँकेमा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पतालमा शंकास्पद तीन वटा नमुनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले दुई जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

कोभिड पुष्टि भएकाहरु नेपालगञ्ज–१८ का २ जना र १ जना नेपालगञ्ज–१० का स्थानीय हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा संक्रमण देखिन थालेकोमा आज बाँकेकै ३ जनामा कोभिड पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ६६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ रहेको छ । अहिलेसम्म बाँकेमा कोरोना भाइरस संक्रमणबाट ३५३ जनाको मृत्यु भएको छ ।

फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले कोभिड खोप नलगाएकालाई लगाउन र दोश्रो मात्रा पूरा लगाएको ३ महिना पुगेकाहरुलाई वुस्टर खोप लगाउन आग्रह गर्नुभएको छ ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech