डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

    • स्वास्थ्य पेज

  • १५ असार २०७९, बुधबार

नेपालगन्जः ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्।

जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताउनुभयो ।

आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उहाँका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका थिए।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech