कौशिल्या अस्पतालमा ६५ वर्ष माथिका जेष्ठ नागरिकको निःशूल्क सुगर जाँच, अन्य जाँचमा २० प्रतिशत छुट !

    • स्वास्थ्य पेज

  • १५ असार २०७९, बुधबार

कोहलपुरः बाँकेको कोहलपुरस्थित कौशिल्या अस्पताल प्रालिले ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकको सुगर जाँच निःशूल्क गरेको छ ।

कोहलपुर नगरपालिकाभित्रका ६५ वर्षमाथिका सबै नागरिकलाई सुगर जाँच निःशूल्क गरिएको अस्पतालका प्रमुख राम न्यौपानेले जानकारी दिनुभयो ।

तर त्यसका लागि अस्पतालको कार्ड अनिर्वाय गरिएको छ । अस्पतालले ति कार्ड निःशूल्क वितरण गर्ने गरेको छ ।

नेपाली नागरिकतासहित अस्पतालमा गएर कार्ड बनाउन सकिने प्रमुख न्यौपानेले बताउनुभयो । यस्तै अस्पतालले अन्य स्वास्थ्य चेकजाँच गर्नु परेमा २० प्रतिशत छुट दिने भएको छ ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech