नेपालगन्ज उपमहानगरको नीति तथा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका बिषय

    • स्वास्थ्य पेज

  • ९ असार २०७९, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिइएको छ ।
यस्तो छ नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र

· जमुनाहा नाका, बसपार्क र राझा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन गरिनेछ ।

· व्यवहार परिर्वतन, खानपान, योगा, ब्यायाम, स्वास्थ्य, शिक्षा तथा प्रचारप्रसार कार्यक्रमका माध्यमबाट जीवनशैलिमा परिवर्तन गरी नेपालगञ्ज उपमहानगरपालिकालाई योगमैत्री नगरको रुपमा रुपान्तरण गरिनेछ ।

· कोभिड—१९ को विश्वव्यापी महामारी लगायत अन्य महामारीरोगहरुको प्रकोपहरुलाई प्राथाकितामा राखी सो को रोकथाम, नियन्त्रण,निदान तथा व्यबस्थापन गरिनेछ ।

· नेपाल सरकारद्धारा सूचिकृत गरिएका अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमाउपलब्धहुने व्यवस्थाको सुनिश्चितगरिनेछ ।

· अत्यावश्कीय स्वास्थ्य सेवाप्रदानगर्न स्वास्थ्य क्षेत्रको अल्पकालिन र दिर्घकालिनकार्य योजना बनाई कार्यान्वयन गरिनेछ ।

· यस उप—महानगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य निती अनुसार आगामी २ बर्षभित्र १५ सैयाको आधारभतु अस्पताल संचालनमा ल्याईनेछ ।

· बालबालिका तथा गर्भवतीहरुलाई खोपको पहुचमा बृद्धि गरि पूर्ण खोप तथा दिगोपन कार्यलाई सुनिश्चितता गर्न आवश्यकता अनुसार खोप केन्द विस्तार तथा निर्माण गरिनेछ ।

· निजी स्वस्थ्य संस्था तथा गैरसरकारी संस्थाहरुको दर्ता, संचालन, नविकरण र नियमन कार्य गरिनेछ ।

· आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उप–महानगरपालिका घोषणा गरिनेछ ।

· प्राथमिकताका आधारमा गर्भवती जाँचमा बृद्धि गरि पोषणयुक्त खानातथा २४ घण्टे प्रसुती सेवालाई विस्तार तथा सुदृढीकरण गरिनेछ ।

· सेवाको पहँच भन्दा टाढा रहेका समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

· सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई समयानुसार विस्तार गर्दै लैजाने र हालसम्म गरेको सेवाको योगदानलाई कदर गदै ६० बर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन एवं सम्मान सहितबिदाई गरिनेछ ।

· नेपालगंजउप—महानगरपालिकाअन्तरगतकार्यरत सम्पुर्ण जनप्रतिनधि,कर्मचारीहरु र निजको आश्रित परिवार तथा महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकहरुलाई समेत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइनेछ ।

· लागू औषधको बिद्यमानअवस्थालाई मध्येनजर गरी सोको रोकथाम, नियन्त्रण र ब्यवस्थापनगर्न नेपालप्रहरी÷समुदायिकप्रहरी र गैरसरकारी संस्थाहरु संग समन्वय र सहकार्य गरी प्रभावकारी बनाइनेछ ।

· दीगो बिकास लक्ष्यका आधारमा स्थानीयकरण भएवमोजिम स्वास्थ्यका सूचकहरु सुचकहरु पुरा गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।

· नेपालगंज शहरलाई मेडिकल हवको रुपमा विकसित गर्न नगरमा सञ्चालन रहेका अस्पताल तथा अन्य स्वास्थ्यसंस्थाहरुलाई व्यवस्थित गर्दै लगिनेछ ।

· बिशेषज्ञचिकित्सक÷जनस्वास्थ्यकर्मी सहित प्रत्येक वडाहरुमा घुम्तीस्वास्थ्य सेवा प्रदान गरिनेछ ।

· स्वास्थ्य संस्थाको संगठनात्मक सुधार र जनशक्ती एवं भौतिक साधनको आवस्यकता बारे अध्ययन प्रतिवेदन लिने र सोको आधारमा जनशक्तीको वृद्धि अवलम्बन गर्ने ।

· नेपालगञ्ज उपमहानगरपालिका वडा न.४ स्थित शहरी स्वास्थ्य प्रवद्धन केन्द्रलाई केन्द्रिय मापदण्ड अनुसार सञ्चालन गरिनेछ ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech