वीरेन्द्रनगरमा देखियो बर्डफ्लू, चार किल्लाका पंक्षी नष्ट गरिँदै

    • स्वास्थ्य पेज

  • ९ असार २०७९, बिहीबार

Turkeys. USDA photo by Scott Bauer.

नेपालगन्जः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो ।

एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए । ‘फर्ममा पालेका टर्की मरेपछि सञ्चालकले हामीलाई खवर गर्नु भएको थियो,’ निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भन्नुभयो–‘पशुपन्छी तथा रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लू पुष्टी भएको छ ।

पशु चिकित्सकको टोली त्यो क्षेत्रमा गएर थप अनुसन्धान शुरु गर्दै हुनुहुन्छ ।’ सूचना अधिकारी चपाइँकाअनुसार उक्त फर्ममा करिव साना ठूला एक हजार पाँच सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मार्ने तयारी भइरहेको चपाईँले बताउनुभयो ।

उहाँले बर्डफ्लू देखिएको केन्द्रदेखी चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्न लागेको जनाउनुभयो ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech