बालबालिकालाई फाइजर खोप दिन सुरु

    • स्वास्थ्य पेज

  • ९ असार २०७९, बिहीबार

नेपालगन्जः बाँकेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई विहीबारदेखि फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका ८१ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अधिकांश विद्यालयलाई खोप केन्द्र बनाइएको छ । स्वास्थ्यकर्मीकारुपमा यो पटक महिला स्वयम सेविकाहरुलाई परिचालन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिन लागिएको हो । यो खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई समेट्ने लक्ष्य लिइएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा ८० हजार डोज खोप आएको छ । खोप अभियान शनिवार ११ गतेसम्म चल्नेछ ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech