बाँकेमा भोलीदेखि ५–११ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने, तयारी पूरा

    • स्वास्थ्य पेज

  • ८ असार २०७९, बुधबार

नेपालगन्जः ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने फाइजर खोप (बायोएन्टेकको पेडियाट्रिक) खोप बुधवार बाँकेका आठवटै पालिकामा पु¥याइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेलाई प्राप्त ८० हजार मात्रा फाइजर खोप जिल्लाका आठवटै पालिकामा पु¥याइएको खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उक्त खोप भोली विहीबारदेखि बालबालिकालाई लगाइने छ ।

स्थानीय तह स्वास्थ्य शाखाले तोकेको ८१ वटै वडाका खोप केन्द्रबाट खोप सेवा प्रदान गरिने श्रेष्ठले बताउनुभयो । उहाँले आफ्ना बालबालिकाहरुलाइ आफ्नो बिद्यालय वा तोकिएको खोप केन्द्रमा लगि खोप लगाउन पनि आग्रह गर्नुभयो ।

५ देखि ११ वर्षका बालबालिकाका लागि शून्य दशमलब २ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ।

१२ वर्षभन्दा माथिका सबै उमेर समूहमा शून्य दशमलब ३ एमएलका दरले दुई डोज लगाइएको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको छ ।

यो खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech