हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन

    • स्वास्थ्य पेज

  • ८ असार २०७९, बुधबार

नेपालगन्जः काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताउनुभयो।

‘हैजाको केश जहाँ पत्ता लाग्छ । त्यस वरिपरिका हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने काम गर्छ,’ अधिकारीले भन्नुभयो–‘कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने काम गरिन्छ ।’

काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।

बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो ।

हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासँगको समन्वयमा खानेपानीको शुद्धिकरण, खानेकुरासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको कार्यालयले जनाएको छ।

खानेपानी उमालेर मात्र खान र बासी खानेकुरा नखान कार्यालयको सबैमा आग्रह छ। हैजाको जोखिम बढेकाले हैजाको रोकथाम तथा नियन्त्रणका लागि आफूहरु गम्भीर रहेको उहाँको भनाइ छ ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech