दुबईमा बीएन्डसी अस्पताल र नर्सिङ इन्स्टिच्यूट खोल्ने सहमति

    • स्वास्थ्य पेज

  • ५ असार २०७९, आईतवार

नेपालगन्जः संयुक्त अरब इमिरेट्सको दुबईका राजपरिवारका एक सदस्य र नेपालको बीएन्डसी अस्पताल प्रशासनबीच दुबईमा बीएन्डसी मेडिकल कलेज र नर्सिङ इन्स्टिच्यूट खोल्ने सहमति भएको छ।

बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा दुबईका राजकुमार शेख हम्दान बिन मोहम्मद बिन रसिद अल मक्तौम र बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंबीच आइतबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

दुबईका राजपरिवारका ती सदस्य बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको पेटको सिटी स्क्यान उद्घाटनमा झापा पुग्नुभएको हो । उहाँ नेपालको तीनदिने भ्रमणमा आउनुभएको हो ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech