बाँकेमा आजदेखि कोभिड विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिन सुरु

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७९, मंगलवार

नेपालगन्जः बाँकेमा मंगलवारदेखि कोभिड विरुद्धको खोप अभियान पुनः सुरु भएको छ । स्थानीय तहको निर्वाचनका कारण कोरोना विरुद्धको खोप अभियान रोकिएको थियो ।

जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडामा विहीबारसम्म १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिन लागिएको छ । बाँकेमा ४ लाख ४४ हजार ७६७ जनालाई पहिलो, दोस्रो र बुष्टर डोज दिने लक्ष्य लिइएको छ ।

हालसम्म पहिलो डोज खोप लगाउन ३८ हजार १६२ जना, दोस्रो डोज लगाउन १ लाख ११ हजार १८१ जना र २ लाख ९५ हजार ४२४ जनालाई बुष्टर डोज लगाउन बाँकी छन् । बाँकेको राप्तीसोनारीमा ५३ हनार ६९५, कोहलपुरमा ६३ हजार ५९४ जनालाई खोप लगाउने लक्ष्य छ ।

यस्तै बैजनाथ गाउँपालिकामा ३४ हजार ८७५, खजुरामा ४५ हजार ८७०, जानकीमा ३५ हजार ३८५ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकामा ८४ हजार ६५८, डुडुवामा २४ हजार २७ जना र नरैनापुरमा ३३ हजार ९ जनालाई खोप लगाउने लक्ष्य छ ।

  • १० जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech