न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल लगातार दोस्रो पटक देशकै उत्कृष्ट

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७९, मंगलवार

नेपालगन्जः न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल यो वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।

मूल्याङ्कनको क्रममा अस्पताहरुको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अबस्था हेरेर मूल्याङ्कन गरिन्छ । मूल्याङ्कनका लागि मन्त्रालयको सहसचिवको टोलीनै अस्पतालमा आउने गरेको छ । त्यसैका आधारमा अंक दिने गरिएको छ ।

आर्थिक वर्ष ०७८-७९ मा भेरी अस्पतालले ६७ अंक प्राप्त गरेको अस्पताललका मेसु डा वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

गएको वर्ष पनि भेरी अस्पताल ६१ अंक लिएर संघीय अस्पतालहरुमा उत्कृष्ट बनेको थियो । रेफरल अस्पतालकारुपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै भरोसाको केन्द्र मानिन्छ ।

 

  • १० जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech