१ लाख ३५ हजार भाडा तिरेर हेलिकप्टरबाट सुत्केरीको उद्धार

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७९, शनिबार

 

नेपालगन्जः बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका (५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।

तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिनुभयो ।

बिरामीको शरीर सुन्निएर श्श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङले बताउनुभयो । ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाइ छ ।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech