मेयरमा डा नवीन यादव विजयी

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७९, बिहीबार

नेपालगन्जः सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा नविन यादव विजयी हुनुभएको छ ।

मेडिकल चिकित्सक उहाँले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याउनुभयो ।

मेयरमा निर्वाचित डा यादव नेकपा एमालेका नेता हेमनारायण यादवका छोरा हुनुहुन्छ । हेमनारायण २०६० साल माघ १९ गते मारिनु भएको थियो ।

सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव भने तेस्रो स्थानमा धकेलिनुभयो। उहाँले ७ हजार ७५२ मत पाउनुभयो ।

उपमेयरमा एमालेकै वविताकुमारी साह विजयी हुनुभएको छ । उहाँले १० हजार १२६ मत ल्याउनुभयो ।

डा यादव सिरहा सदरमुकाममा क्लिनिक चलाउनुका साथै राजनीतिमा सक्रिय हुनुहुन्छ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech