स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७९, सोमबार

नेपालगन्जः स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित हुनुभएको छ।

सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित हुनुभएको हो ।

चौधरी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपलाको जिल्ला कार्यसमिति सुनसरीकी सदस्य समेत हुनुहुन्छ ।

चौधरीले निर्वाचनमा ८७१ मत ल्याएर जित हासिल गर्नुभएको छ । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा कुमारी खाँले ८५३ मत ल्याउनुभएको छ ।

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech